×

दार्चुलामा जिप दुर्घटना- मृत्यु हुनेको संख्या ८ पुग्यो

images

काठमाडौं ।  दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अन्य चारजना घाइते छन् । दुर्घटनामा परेर दुई जना भारतीय नागरिकसहित मृत्यु हुने ८ जनाकै भएको छ।

मृतकमा भारतीय नागरिक ४५ वर्षीय महोमद सफिर, भारत उत्तरप्रदेशका १८ वर्षीय महोमद बसिम, दार्चुलाको शैल्यशिखर नगरपालिका ९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, ४० वर्षीया मीना लेखक, शैल्यशिखर नगरपालिका ५ लेकका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँकी २८ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका ५ नगराउँका १५ वर्षीय सुदीप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहरा छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावलका अनुसार जिप दुर्घटनामा ४ जना घाइते भएका छन्। घाइतेमा शैल्यशिखर नगरपालिका ५ लेकगाउँका ८ वर्षीय सन्दीप रावल, जिप चालक मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३० वर्षीय सुनील जोशी, बैतडीको डिलाशैनी गाउँपालिका ५ का २८ वर्षीय उत्तम रोकाया र भारतको पिलिभित मारुडण्डाका १७ वर्षीय सोहिन शाह छन्। जिप चालक जोशीको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर छ।

शुक्रबार​ ३० कात्तिक २०८१ १०:३७ AM मा प्रकाशित

प्रतिक्रिया