काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रतिनिधि सभाको पुनर्स्थापनाको विषयमा अदालतमा जान दलहरुसँग परामर्श गर्ने लागेका छन् ।
सभामुख घिमिरेले यसअघि कानुनी र राजनीतिक परामर्श गरिरहेपनि आज विभिन्न दलहरुसँग थप छलफल गर्न लागेका हुन् । सभामुख घिमिरेले प्रतिनिधि सभाको विघटन असंबैधानिक भन्दै आएका छन् ।
सभामुख घिमिरेले आज नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, जसपा नेपाल र नाउपाका प्रतिनिधिहरुसँग छलफल गर्ने तयारी गरेका हुन् ।
अहिले प्रमुख दल नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा औपचारिक रुपमा नै उभिएको छ भने कांग्रेसका केहि नेताहरुले पुनर्स्थापनाको कुरा गरेपनि काँग्रेस निर्वाचनमै जाने मुडमा देखिएको छ । मंगलबार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले पनि प्रतिनिधि सभा पुनर्स्थापनाको कुरा गरेनन । उनले निर्वाचनको वातावरण बनाउन र देशलाई संबैधानिक बाटोमा फर्काउने आधार निर्वाचन भएको बताएका छन् । त्यस्तै माओवादी केन्द्र र रास्वपा भने निर्वाचनको पक्षमा देखिएका छन् ।
यसैबीच मंगलबार सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्दै ८ भन्दा बढी रिट परेका छन् । अध्ययनकै क्रममा रहेको भन्दै सर्वोच्च प्रशासनले अझै दर्ता भने गरेको छैन ।
प्रतिक्रिया