×

ट्रम्पको रुसलाई युद्ध रोक्न ५० दिनको समय, सम्झौता नगरे भारी कर लगाउने चेतावनी

images

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन-रूस युद्धमा रूसको व्यवहारबाट आफू अत्यन्तै निराश भएको बताएका छन् ।

डोनाल्ड ट्रम्पले रुसले ५० दिन भित्र कुनै सम्झौता नगरेमा रूसमा भारी कर लगाउने चेतावनी दिएका छन् । ट्रम्पले यसलाई दोस्रो कर भनेका छन् र यो १०० प्रतिशतसम्म हुन सक्ने बताएका छन् ।

ट्रम्पले युक्रेन र रूस बीचको युद्ध अन्त्य होस् भन्ने चाहेको बताउदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई निराश बनाएको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिले उनले राष्ट्रपति पुटिनसँग बारम्बार कुरा गर्थे र उनले युद्ध समाप्त हुने सम्भावना देखेका थिए । तर उनले किभमा मिसाइल आक्रमण नरोकिएसम्म यी सबै वार्ताहरू केवल वार्ता मात्र रहने बताए ।

ट्रम्पले अब युक्रेनलाई अर्बौं डलर मूल्यका हतियार दिइने समेत बताए । ट्रम्पले युक्रेनलाई हतियार दिने विषयमा अमेरिकाले नाटोलाई हतियार पठाउने र नाटोले यी हतियारहरूको लागि भुक्तानी गर्ने बताएका छन् ।

 

मङ्गलबार ३१ असार २०८२ ०१:२६ PM मा प्रकाशित

प्रतिक्रिया