×

बर्खास्त हुनुपर्ने मन्त्री मन्त्रिपरिषद बैठकमा, काँग्रेस 'साक्षी किनाराका सदर' बन्यो- डा. शेखर कोइराला

images

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरलाले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा कांग्रेस 'साक्षी किनाराका सदर' भएको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता कोइरालाले मन्त्रीक्वाटरमा बिहानै आएर बिचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नोविरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-  

यस्तै रहेछ यहाँको चलनः मन्त्रीक्वाटरमा विहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिन्छन् । सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठवन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं ।

 

मङ्गलबार ३१ असार २०८२ ०१:२९ PM मा प्रकाशित

प्रतिक्रिया