×

अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

images

काठमाडौँ । अमेरिकाको लुइजियाना राज्यस्थित लुइजियाना टेक विश्वविद्यालयमा अध्ययरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ । 

लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको लुइजियानाका स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । 

स्थानीय समय अनुसार शनिबार राति  कार सडकबाट तल खस्दै रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको प्रहरीले जनाएको छ । लुइजियाना टेक विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी मामिला कार्यालयले नेपालस्थित परिवारहरूसँग समन्वय गरी थप आवश्यक प्रक्रिया अघि बढाउने बताएको छ ।

दुर्घटना युएस–८० राजमार्गको १६६ किलोमिटर क्षेत्रमा भएको हो । गाडीमा चार जना सवार रहेको र तीमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भयो भने दुईजना गम्भीर घाइते भएका छन् ।

मङ्गलबार ३१ असार २०८२ ०१:३७ PM मा प्रकाशित

प्रतिक्रिया