×

एसपीपीप्रति एमालेको गम्भीर असहमति छ : महासचिव पोखरेल

images

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताएका छन् । एसपीपी प्रस्तावमा हस्ताक्षर गर्दा नेपालले अवलम्बन गर्दै आएको पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीति प्रभावित हुने उनको भनाइ छ ।

प्रेस चौतारी रुपन्देहीले बुधबार (आज) बुटवलमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एसपीपीमा हस्ताक्षर भए नेपाल द्वन्द्वको थलो बन्ने आशंकामा बल पुग्ने बताए । ‘नेपाल कुनै मुलुकको सैनिक गठबन्धनको अंग बन्ने कुरा स्वीकार्य हुन्न’, महासचिव पोखरेलले भने, ‘एसपीपीप्रति हाम्रो पार्टीको गम्भीर असहमति छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा नै हुने भनिएको अमेरिका भ्रमणबारे देशलाई स्पष्ट पार्नुपर्ने महासचिव पोखरेलले माग गरे । फरक प्रसंगमा महासचिव पोखरेलले हालै सम्पन्न स्थानीय चुनावमा अघिल्लो चुनावको भन्दा ८९ सिट गुमाएपनि जनमत बढाएर पहिलो पार्टी नै बनेको दावी गरे ।

बुधबार १ असार २०७९ ०६:०५ PM मा प्रकाशित

प्रतिक्रिया