काठमाडौं – काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङको मृत्यु भएको हो।
शनिबार बिहान ४ बजेर ३० मिनेट जाँदा काठमाडौँ ३२ तीनकुनेस्थित गौरीगाउँ पेट्रोल पम्प अगाडि दुर्घटना भएको हो। टिपरले एकिन विवरण नखुलेको प्र.३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेको थियो।
दुर्घटना लगत्तै गम्भीर घाइते भएका रमेश र सुकरामलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। गम्भीर घाइते तामाङद्वयको उपचारकोक्रममा मृत्यु भएको हो।
प्रहरीले मोटरसाइकललाई ठक्कर दिने टिपरलाई विमानस्थल कार्गोभित्र फेला पारेर नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया