×

नेपाल टेलिकमको सिन्धुलीको एक टावरमा अपरिचित समूहले आज बम विस्फोट

images

काठमाडौं । नेपाल टेलिकमको सिन्धुलीको एक टावरमा अपरिचित समूहले आज बम विस्फोट गराएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जास्थित बिपीपार्क नजिक आज बिहान बम विस्फोट भएको वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहान तीन बजेतिर विस्फोटको आवाज आएपछि प्रहरी चौकी दुम्जालाई खबर गरेको थियो । सोसम्बन्धी प्रहरीले अनुसन्धान गर्दा कुकर बम विस्फोट भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुम्जास्थित बिपी पार्कमा रहेको एनटिसीको टावरमा केही पड्किएको जस्तो आवाज आएको भन्ने खबर आएसङ्गै प्रहरी चौकी दुम्जाको टोली पुगेको थियो । एनटिसीको टावर रहेको कम्पाउन्डभित्रको झ्यालमा अपरिचित समूहले कुकर बम विस्फोट गराएको पुष्टि भएको प्रहरीले जनाएको छ । टावरको कम्पाउन्डभित्र दुईवटा पेट्रोलको गन्ध आउने बोतल फेला परेको छ भने जनमुक्ति सेना नामक पर्चा फेला परेको र विस्फोटबाट भवनका झ्यालका शिशा फुटेका छन् ।

शुक्रबार​ २ चैत २०८० १२:०८ PM मा प्रकाशित

प्रतिक्रिया