×

आफैभित्र, पार्टीभित्र, संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने संकल्प गरौँ- जनार्दन शर्मा

images

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अब आफैभित्र, पार्टीभित्र, संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने संकल्प गर्न आग्रह गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव शर्माले रूपान्तरण मार्फत सोचमा नै परिवर्तण गरेर मात्र यस प्रकारका क्षेतिको पुनरावृति हुनबाट बच्न बचाउन सकिने बताएका छन् ।

उनले भनेका छन्- 

आज मैले जलेका  राष्ट्रपति भवन ,सिंहदरबार , संसद भवन ,अदालत ,र पार्टी कार्यालय, अनि कान्तिपुर, भाटभटेनी लगायतका  क्षतिग्रस्त व्यावसायिक संरचनाहरू हेरे । अब आफैभित्र, पार्टीभित्र, संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने संकल्प गरौं । रूपान्तरण मार्फत सोचमा नै परिवर्तण गरेर मात्र यस प्रकारका क्षेतिको पुनरावृति हुन बाट बच्न बचाउन सकिन्छ ।

 

आइतबार​ २९ भदौ २०८२ ०७:१० PM मा प्रकाशित

प्रतिक्रिया