×

किराँत याक्थुङ चुम्लुङ्ग युएईले साउने संक्रान्ती पर्व मनाउने

images

फलेन्द्र मगर 
युएई संवाददाता -  साउने संक्रान्ती को अवसरमा किराँत याक्थुङ चुम्लुङ्ग , युएई ले साउने संक्रान्ती पर्व मनाउने भएको हो ।  आदिवासी जनजाती समुदाय मध्यका लिम्बू जाति पनि प्रकृति पूजक हुन् । कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बू जातिले ऋतु हरु परिवर्तन सँगसँगै खेतीपाति लगाई परापुर्व कालदेखि आफ्नो जीवन यापन गर्दै आइरहेको पाइन्छ । विभिन्न कालखण्डमा पर्ने तिथि मितिमा पर्ने चाडपर्वहरू मनाउँछन् । यसरी मनाइने चाडहरूमध्ये सिसेक्पा तङ्नाम पनि एक हो । सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) साउन १ गते मनाउने गरिन्छ । 

युएई सहर को वर दुबई स्थित बैट अल जेइरान  मा यहीँ आउदो जुलाई १६ तारिख दिनको १:०० बजे मनाउन लागेको जानकारी कार्यक्रम संयोजक डम्बर लिवाङ लिम्बुले जानकारी दिनुभयो । परम्परागत चाडपर्व र रिति लाई निरंतरता दिदै युएई लाई कर्मथलो बनाई बसेका खास गरेर लिम्बू समुदाय रहेको नेपालको सुदुरपूर्वी लिम्बुवान क्षेत्रमा सिसेक्पा तङ्नाम साउन महिनामा भटमास, मकै, बोडी पाकेकै समयमा मनाइने पर्व अथात् अनिकाल खेदाउने पर्व हो ।     

सिसेक्पा तङ्नामको दिन बिहानै खेतबारी वा नजिकै को जङ्गलतिर गई यस तङ्नामको लागि चाहिने आवश्यक अन्न, फलफूल र पातहरू सङ्कलन गरी ल्याइन्छ र दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मुल ढोकामाथि माला झुण्ड्याएर टाँगिने चलन रहि आएको छ । माला झुण्ड्याउनुको अर्थ हाम्रो लागि खाने अन्न, फलफूल पाक्यो भनी देखाइएको हो र तँ अनिकाललाई खेद्न सक्ने शक्ति हामीले पायौँ भनी खबरदारी गर्दै आउलास् भनी सिस्नुको पात आदि पनि मालामा झुण्ड्याइएको हुन्छ । अनिकाल र दुःखलाई खेदाउने प्रक्रियालाई विशेष गरी अनिकालको विदाइ र सहकालको स्वागत गर्ने चाड पर्वलाई साक्नाःप्मा तङ्नाम (अनिकाल खेदने चाड) भन्ने गरिन्छ ।

शुक्रबार​ २९ असार २०८० ०१:२३ PM मा प्रकाशित

प्रतिक्रिया