×

फिफा विश्वकप-२०२६-अस्ट्रेलियाले टर्कीविरुद्ध २-० ले विजयी

images

काठमाडौं । अस्ट्रेलियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ ।  आज आइतबार बिहान क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा भएको खेलमा टर्कीलाई २-० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।

अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एकएक गोल गरे । खेलको २७औँ मिनेटमा नेस्टोरीले गोल गर्दै अस्ट्रेलियालाई पहिलो अग्रता दिलाएका थिए । ७५ औँ मिनेटमा अस्ट्रेलियाका कोनरले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । ६खेलका क्रममा टर्कीले दुई दर्जन बढी अवसर पाएको थियो । तर, सफल भएन ।

यो जितसँगै अस्ट्रेलिया समूह ‘डी’ मा ३ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । उक्त समूहमा समान ३ अङ्क रहेको आयोजक अमेरिका गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । टर्की र पाराग्वे अङ्कविहीन छन् । आजको अन्तिम खेल राति पौने ११ बजे जर्मनी र कुराकाओबीच हुने छ । 

आइतबार​ ३१ जेठ २०८३ १२:५२ PM मा प्रकाशित

प्रतिक्रिया