×

ग्लोबल टी–ट्वान्टी खेल्दै सन्दीप र दीपेन्द्र

images

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने र ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी–२० लिग खेल्ने भएका छन् । मंगलबार ग्लोबल टी–२० ले सार्वजनिक गरेको सबै टिमका खेलाडीहरूको नाममा सन्दीपले सुर्रे जागुराज र दीपेन्द्रले मोन्ट्रेल टाइगर्सबाट तेस्रो संस्करणको लिग खेल्ने पक्का गरेको हो ।

जुलाई २० देखि ६ अगस्टसम्म क्यानडामा आयोजना हुने प्रतियोगितामा ब्राम्प्टन वुल्भ्स, भानकोउभर नाइट्स, टोरोन्टो नेस्नल्स, विनिपेग हावक्स, मोनट्रेल टाइगर्स, सुर्रे जागुसाजगरी ६ टिमको सहभागिता रहेको छ । सन्दीप र दीपेन्द्र यतिबेला विश्वकप छनोटका लागि जिम्बावेमा रहेका छन् । 

ग्लोबल टी-२० लिग सन् २०१८ देखि सुरु भएको हो । सन् २०१९ मा दोस्रो संस्करण आयोजना भएयता प्रतियोगिता संचालन हुनसकेको थिएन । नेपालबाट सोमपाल कामी र सन्दीपले यसअघि नै यो प्रतियोगिता खेलिसकेका छन् ।

दीपेन्द्रले पहिलोपल्ट विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । यसअघि नेपालका सन्दीप र सोमपालसहित पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिग खेलिसकेका छन् ।

बुधबार ३१ जेठ २०८० ११:०७ AM मा प्रकाशित

प्रतिक्रिया