×

चालक अनुमतिपत्र (लाइसेन्स)परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू

images


काठमाडौं । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स)परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो ।

यही फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो  बिदा परेकाले  आजदेखि नयाँ मापदण्ड कार्यान्वयन ल्याएको हो ।

मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अंकभार एक सय तोकेको छ । जसअन्र्तगत  पहिलो पटक ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । 
 

मङ्गलबार २ फागुन २०७९ ०३:२५ PM मा प्रकाशित

प्रतिक्रिया