×

अन्तरजातिय नृत्य प्रतियोगिता गरि माघ्या सकराटी पर्व मनाउदै मगर संघ, युएई

images

   फलेन्द्र मगर / युएई 

जनवरी-१४ दुबई नेपालको ऐतिहासिक ,धार्मिक एवम् सांस्कृतिक महत्त्व बोकेको राष्ट्रिय पर्व मकर संक्रान्ती दुबईमा पनि नेपाल मगर संघ शाखा, युएईले  बृहत तरिकाले मनाउने भएको हो ।

प्रवास मा रहेर पनि आफ्नो मौलिक चाडपर्व , धर्म परम्परा,संस्कार र संस्कृति लाई जगेर्ना गर्ने र नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने उदेश्यले युएईमा रहेका मगर जातिले हरेक वर्ष माघ्या सकराटी कार्यक्रमको आयोजना गरि मनाउदै आउने गरेका छन।

यो राष्ट्रीय पर्व लाई थारु,  मैथिली र  अन्य समुदायले पनि आ आफ्नै तरिकाले मनाउने गर्दछन ।मगर जातिले पनि हिउँद महिनाको मध्य महिना माघ १ गतेको दिन तिलको लड्डु , वन तरुल, घ्यू ,चाकु, खिचडी ,बटुक सँगुरको मासु इत्यादी परिकार बनाई चेलीबेटी लाई बोलाई खुवाउने चलनचल्तीमा रहेको पाइन्छ । यस वर्ष भने मगर संघ शाखा, युएईले छुट्टै तरिकाले जातिय कला र संस्कृति लाई जगेर्ना गर्ने उद्देश्य का साथ अन्तरजातिय नृत्य प्रतियोगिता गरि मनाउने भएको हो।


१९- जनवरी  दिउँसो १:०० बजे  एभरेस्ट क्लब बर दुबईमा आयोजना हुने उक्त कार्यक्रम लाई थप मनोरञ्जन दिन नेपालबाट अतिथि कलाकार को रुपमा लोक दोहोरी गायिका रुपी सिंजाली मगर आउने  कार्यक्रम संयोजक होम रजाली मगरले जानकारी दिए । साथमा  मगर पञ्चेबाजा र लाङ्घाली संगीत संसार युएई सांगीतिक  प्रस्तुति रहनेछ ।
    •

मङ्गलबार १ माघ २०८१ ०१:५५ PM मा प्रकाशित

प्रतिक्रिया