काठमाडौं । विगत दुई दिनदेखि बढिरहेको सुनको मल्य आज शुक्रबार ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ घटेको छ । हिजो बिहीबार तोलामा १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज शुक्रबार तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया