×

नबिल बैंक ‘साफा अवार्ड’ बाट सम्मानित

images

काठमाडौँ । नबिल बैंक दक्षिण एसियाकै उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित भएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा) ले सोमबार श्रीलंकामा आयोजना गरेको कार्यक्रममा नबिललाई सम्मान गरेको हो ।

दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल सम्मानित भएको छ । बैंकलाई वित्तीय पारदर्शिता, जवाफदेहिता तथा सुशासनका लागि यो अवार्ड प्रदान गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ । साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो ।

बुधबार २८ कात्तिक २०८१ १०:४६ AM मा प्रकाशित

प्रतिक्रिया