×

नेपाल टेलिकमको चुनाव अफर, २ सय ९४ रुपैयाँमा २० जीबी डाटा

images

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अवसरमा नेपाल टेलिकमले विभिन्न छुटका अफर सार्वजनिक गरेको छ ।

टेलिकमले अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरू उपलब्ध गराइएको जनाएको छ । डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा दुई सय ९४ रुपैयाँमा उपलब्ध हुनेछ । यसैगरी छ जीबी डाटा तीन दिनसम्म प्रयोग गर्न सकिने प्याक ९८ रुपैयाँ र एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपयाँमा उपलब्ध हुने टेलिकमले जनाएको  छ ।

यी प्याकहरू जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । यी अफरहरू आज आइतवारदेखि आउँदो मङ्सिर ११ गतेसम्मका लागि मान्य हुनेछ । यसका लागि *1415*11# डायल गरी वा 'नेपाल टेलिकम एप' प्रयोग गरी याे सुविधा लिन सकिने टेलिकमको भनाइ छ ।

आइतबार​ २७ कात्तिक २०७९ ०२:४२ PM मा प्रकाशित

प्रतिक्रिया