×

हर्क साम्पाङको प्रश्न- निर्दोष युवाको रगत, एमसीसी र भ्रष्टाचार लागेका हातसँग कसरी मिल्ने ?

images

काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले सबैले आफुलाई मिल्न आग्रह गरेपनि निर्दोष युवाको रगत लागेका, एमसीसी र भ्रष्टाचार लागेका हातसँग कसरी मिल्ने भन्दै प्रश्न गरेका छन् ।

साम्पाङले सामाजिक सञ्जालमा कसैको हातमा निर्दोष युवाको रगत लागेको छ, कसैकोमा एमसीसी र भ्रष्टाचारको भन्दै आफ्नो श्रमदान गर्ने पानीफोकै पानीफोकाले चिरिएको माटोमा लुट्पुटिएको गरीब हात कसरी मिलाउने भन्दै टिप्पणी गरेका छन् । 

उनले भनेका छन्- मिल्नु मिल्नु मिल्नु भन्छन् ! कसैको हातमा निर्दोष युवाको रगत लागेको छ, कसैकोमा एमसीसी र भ्रष्टाचारको ! कसरी मिलाउनु यो मेरो श्रमदान गर्ने पानीफोकै पानीफोकाले चिरिएको माटोमा लुट्पुटिएको गरीब हात ??? पारा मिल्दैन...

सोमबार २७ असोज २०८२ ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया