×

सन्दीपलाई थप पाँच दिन थुनामा राख्न अदालतकाे अनुमति

images

काठमाडौं । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । २० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो ।

अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।  नाबालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । 

बिहीबार २७ असोज २०७९ ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया