×

कृष्णबहादुर महराविरुद्ध मुद्धा दर्ता

images

काठमाडौं । इ–सिगरेटमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ ।

सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा महराविरुद्ध मुद्दा दर्ता गरेको हो । महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । 

केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको स्टोरबाट दुई सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान सुनसहितको इ सिगरेट प्रकरणमा महाराको भूमिका प्रमाणित भएपछि पक्राउ गरेर मुद्धाको प्रक्रिया अगाडी बढाएको थियो । 

 

सोमबार २७ असोज २०८२ ०७:३६ PM मा प्रकाशित

प्रतिक्रिया