×

सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

images

काठमाडौँ । बलिवुडको फिल्म सैयारा फेम अभिनेता अहान पाण्डे र अभिनेत्री अनीत पडडाले पहिलो अवार्ड पाएका छन् । दुवै स्टारले आफ्नो अद्भुत प्रेमकथाको लागि आइएमडिबी 'ब्रेकआउट स्टार स्टारमिटर' अवार्ड प्राप्त गरेका हुन् । सैयाराले आफ्नो कमाईको आधारमा भारतका शीर्ष फिल्महरूमा १४औं स्थानमा आएको छ ।

मोहित सुरी निर्देशित यस फिल्ममा, अहानले गायक कृष कपूरको भूमिका निर्वाह गरेका छन्, जबकि अनीत एक उदीयमान लेखक वाणी बत्राको भूमिकामा छन् । वाणीले कृषको लागि गीत लेख्छिन् र त्यसपछि उनीहरूको रोमान्स सुरु हुन्छ । यद्यपि, यससँगै आउने चुनौतीहरू 'सैयारा' को वास्तविक कथा रहेको छ ।

यस जोडीलाई आइएमडिबीको 'लोकप्रिय भारतीय सेलिब्रेटी र्याङ्किङ' मा उनीहरूको प्रदर्शनको आधारमा यो अवार्ड दिइएको हो । यो र्याङ्किङ विश्वभरका प्रयोगकर्ताहरूको आधारमा गरिएको हो ।

यो फिल्म जुलाई १८ मा रिलिज भएको थियो, त्यसपछि यो जोडी आइएमडिबीको वरीयताको शीर्ष स्थानमा रहेका थिए । यस फिल्ममा आफ्नो अभिनयसँगै, दुवै स्टारहरू विश्वव्यापी स्तरमा शीर्ष १०० मा पुगेका छन्, जसमा अनित पड्डा ६४औं स्थानमा छन् र अहान पाण्डे ७५औं स्थानमा छन् ।

अहान पाण्डेले पुरस्कार पाएपछि यो करियरको पहिलो पुरस्कार भएको र दर्शकको प्रतिक्रियाबाट प्रत्यक्ष रूपमा प्राप्त गर्नु अझ विशेष भएको बताएका छन् । उनले यशराज फिल्म्स, आदित्य चोपडा र मोहित सुरीलाई पनि धन्यवाद दिएका छन् । 

'सैयारा' ले रिलिज पछि विश्वभर बक्स अफिसमा ५०० करोड रुपैयाँभन्दा बढी कमाएको छ, जससँगै यो फिल्म सुरीको करियरको सबैभन्दा सफल फिल्म बनेको छ । सुरीले 'जेहर', 'आशिकी २' र 'एक भिलेन' जस्ता फिल्महरू पनि निर्देशन गरिसकेका छन् । यो फिल्मले हालसम्म घरेलु बक्स अफिसमा ३२५  करोड भन्दा बढी कमाएको छ । त्यस्तै 'सैयारा' ले विश्वभर ५४० करोड भन्दा बढी कमाएको छ ।

बुधबार २९ साउन २०८२ १२:२० PM मा प्रकाशित

प्रतिक्रिया