×

मौसम अलर्ट: कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

images

काठमाडौँ। देशका विभिन्न पहाडी भूभागमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेकाले पहाडी भेगमा मौसम बदली हुने देखिन्छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ।

मेघगर्जन, चट्याङ र अचानक हुने वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जान सक्ने, नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। विशेष गरी कृषि, यातायात र पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई मौसमको अवस्था हेरेर मात्र यात्रा वा काम अघि बढाउन सुझाव दिइएको छ।

बिहीबार २८ साउन २०८३ ०७:२३ AM मा प्रकाशित

प्रतिक्रिया