काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थप पाँच दिन हिरासतमा बस्नु पर्ने भएको छ। उनीसँगै बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलगायत पनि थप पाँच दिन हिरासत बस्ने भएका हुन्।
काठमाडौं जिल्ला अदालतले प्रहरीलाई थप अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा राख्ने अनुमति दिएको हो। उनीहरू माथि राज्यविरूद्धको कसुर र संगठित अपराध मुद्दा चलिरहेको छ।
गत चैत्र १५ गतेको तिनकुने घट्नामा मिश्र र प्रसाईंलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । मिश्र तिनकुने घट्ना भएकै दिन चैत्र १५ गते राति पक्राउ परेका थिए ।
उनी हिरासतमा बसेको आज ४६ दिन पूरा भएको छ । तर, प्रसाईं भने निकै पछि भारतबाट पक्राउ परेका हुन् । मिश्रको परिवारले आजमात्रै गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेको छ ।
प्रतिक्रिया