×

महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश स्वतः निलम्बित

images

काठमाण्डौ :  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध  महाअभियोग प्रस्ताव दर्ता भएपछि उहाँ पदबाट स्वतः निलम्बित हुनुभएको छ ।

images

प्रधानन्यायाधीश विरुद्ध २१ बुँदे अभियोग

काठमाडौँ : काग्रेस, माओवादी र नकेपा एकीकृत समाजवादी का ९८ सांदले प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता ग...

नेपालको संविधान धारा १०१ को उपधारा ९२० अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि स्वतः निलम्बनमा पर्ने उल्लेख छ । यसम्बन्धी पत्र सर्वोच्चमा पुगेपछि निलम्बनले औपचारिकता पाउनेछ ।

आज बिहान ११ बजेर १० मिनेटमा संसदमा महाअभियोग दर्ता भएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो । महाअभियोगको प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ र जीवनराम श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

महाअभियोग प्रस्तावमा लोकतन्त्र, मानवअधिकार, न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेकोसहित २१ वटा आरोप लगाइएको छ । सांसद देव गुरूङले प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त नगरेपछि महाअभियोग दर्ता गर्नुपरेको बताउनुभयो । 

आइतबार​ १ फागुन २०७८ १२:५२ PM मा प्रकाशित

प्रतिक्रिया