×

नयाँ प्रधानन्यायाधीशले सपथ ग्रहण नगरेसम्म निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलन जारी

images

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नयाँ प्रधानन्यायाधीशले सपथ ग्रहण नगरेसम्म निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलन जारी रहने बताएका  छन् ।
आइतबार बार एशोसिएसन परिसरमा आन्दोलित कानुन व्यवसायीमाझ सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नयाँ प्रधानन्यायाधीशले सपथ ग्रहण नगरेसम्म आन्दोलन जारी रहने बताएका हुन् ।
बारका अध्यक्ष श्रेष्ठले भने, ‘हामीले न्यायपालिका सुधारका लागि आन्दोलन गरेका छौं । चोलेन्द्र आज निलम्बित भएका छन् । न्यायपालिका सुधारको ढोका खुलेको छ । यो ढोका खुलेको मात्रै हो । जबसम्म सही रुपमा अर्को प्रधानन्यायाधीश आउँदैन, जबसम्म अर्को प्रधानन्यायाधीशले सुधारको कार्यक्रम अगाडि बढाउँदैनन्, तवसम्म नेपाल बारको आन्दोलन निरन्तर जारी रहन्छ ।’
प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा व्यापक छानबिन रुपमा छानविन हुनुपर्ने माग राखिएको छ । छानविनका क्रममा कुनै पनि बिचौलियाहरुलाई उम्कन नदिएर छानबिनको दायरामा ल्याउनुपर्ने आन्दोलित कानुन व्यवसायीहरुको माग छ ।

आइतबार​ १ फागुन २०७८ ०४:२८ PM मा प्रकाशित

प्रतिक्रिया