×

चोलेन्द्रविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको पत्र संसदले राष्ट्रपतिलाई पठायो

images

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको जानकारी राष्ट्रपति कार्यालयलाई पठाइएको छ । 

आइतवार बिहान संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएलगत्तै संसद सचिवालयले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद् र सर्वोच्च अदालतलाई पठाएको हो ।

‘महाभियोग प्रस्ताव दर्ता भएको पत्र राष्ट्रपति कार्यालय लगायत पठाउनु पर्ने ठाउँमा पठाइसकिएको छ,’ सचिवालय स्रोतले जानकारी दियो । 

न्यायालयमा भ्रष्टाचारको संरक्षण गरेको कार्यसम्पादन सन्तोषजनक नभएको जस्ता कारण दर्साउँदै सत्ता गठबन्धनले आइतवार प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । 

आइतबार​ १ फागुन २०७८ ०१:३४ PM मा प्रकाशित

प्रतिक्रिया