×

पञ्चकन्या देवी मन्दिरमा पञ्चदेवअथर्वशिर्ष सहितको देवी पुजन तथा हवन सम्पन्न

images

श्री पञ्चकन्या देवी मन्दिरमा पञ्चदेवअथर्वशिर्ष सहितको देवी पुजन तथा हवन सम्पन्न भयो । पौष शुक्ल पूर्णिमाका दिन आज पौष २९ गते सम्पन्न पूजाको नेतृत्व धर्माचार्य श्रीकेशवप्रसाद चौलागाईंले गर्नु भएको थियोे । पनौति नगरपालिका वडा न १ स्थित पञ्चकन्या स्थानमा गरिएको पुजामा त्यस क्षेत्र का सम्पुर्ण जनसमुदायको उपस्थिति रहेको थियोे ।

नाग देवता स्थान, प्राचीन पानीको इनार ,हरियो वन भित्र रहेको रमणीय स्थलमा पाच कन्याहरुको महत्त्व मानिदै पुजा तथा परम्परा हरु सञ्चालन भइरहेकाले दिगो रुपमा मन्दिर निर्माण गरि अगाडि बढ्न स्थानिय सरकारले पनि सहयोग गर्ने भएको जानकारी भएको छ।

विगतमा त्यस स्थानमा पोखरि समेत रहेको तर अहिले मासिएको स्थानिय हरुले जानकारी दिनुभएको थियोे ।" ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे" मन्त्रको समेत हवन पुजन भएकोले देवी को शक्ति क्रमशः प्रभावकारी बन्दै त्यस स्थानको गरिमा बढ्ने कुरा धर्माचार्य केशवप्रसाद चौलागाईंले बताउनु भयो ।" ॐ महालक्ष्म्यै च विद्महे सर्वशक्त्यै च धीमहि। तन्नो देवी प्रचोदयात।" देवी अथ्रवशिर्षमा वर्णन गरिएको उपरोक्त मन्त्रको प्रभावले त्यस क्षेत्र का भक्तहरुको उन्नति पनि हुदै जानेछ ।सिद्ध मन्त्र हरु सहितको हवन पुजनले स्थानीय सरकार संगको सहकार्य बढ्न गई नगरपालिकाको एक महत्त्वपूर्ण गन्तव्यका रुपमा स्थापित हुने विश्वास जनसमुदायको रहेको छ।

सबै जातजातिको बसोबास रहेको उक्त क्षेत्र मा मेलमिलापको वातावरण बन्न गई मुलुकमै नमुना बन्न सक्ने देखिन्छ ।श्री पञ्चकुमारि देवी मन्दिर निर्माण गर्न जुटेका जनसमुदाय हरु देवीको कृपाले मन्दिर निर्माण गर्न सफल हुने विश्वास लिएका छन।सबै जनसमुदाय मा सहयोग का लागि अपिल पनि गर्नुभएको छ।

सोमबार २९ पुस २०८१ ०७:३८ PM मा प्रकाशित

प्रतिक्रिया