काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीको लाल किल्ला नजिकै भएको विस्फोटका घाइतेहरुलाई अस्पताल पुगेर भेट गरेका छन् ।
मोदीले बुधबार लोक नायक जयप्रकाश नारायण (एलएनजेपी) अस्पताल पुगेर विस्फोटका घाइतेहरुसँग भेट गर्दै यस षड्यन्त्रका लागि जिम्मेवार व्यक्तिहरूलाई नछोड्ने र न्यायको कठघरामा उभ्याउने बताएका छन् ।
मोदी आजै भुटानबाट फर्केर सिधै अस्पताल गएका थिए । उनले घाइतेहरूसँग कुराकानी गरे र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।
सोमबार लाल किल्ला ट्राफिक सिग्नल नजिकै एक कारमा भएको शक्तिशाली विस्फोटमा परेर १२ जनाको मृत्यु भएको थियो र २० जनाभन्दा बढी घाइते भएका थिए ।
प्रतिक्रिया