×

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात किलो चरेससहित एक जर्मन नागरिक

images

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सात किलो चरेससहित एक जर्मन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेस्टर्सलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।

आज बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले बोकेको सुट्केसबाट ६ किलो ८६० ग्राम चरेस बरामद गरिएको प्रहरी स्रोतले बतायो ।

प्रहरीका अनुसार पउलले बाहिर ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लुकाएर लैजान लागेको बेला चेकजाँचका क्रममा बरामद भएको हो ।  थप अनुसन्धान गर्न विमानस्थल प्रहरीले उनलाई बरामद लागू औषधसहित लागू औषध नियन्त्रण ब्युरोमा पठाएको छ ।

सोमबार २९ जेठ २०८० १२:१५ PM मा प्रकाशित

प्रतिक्रिया