×

प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता, सरकारको राम्रो कामलाई पार्टीले सहयोग गर्ने रविको भनाइ

images

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रतिनिधि सभा सदस्यसमेत रहेका रवि प्रधानमन्त्री भेट्न बिहान साढे ८ बजे बालुवाटार (प्रधानमन्त्रीको निवास) पुगेका थिए। 

भेटवार्ताका क्रममा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएकामा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएको लामिछानेको सचिवालय स्रोतले जनाएको छ।   

‘भ्रष्टाचारका विषयमा जसरी फाइल खोल्नु भएको छ । त्यसमा तपाईलाई धन्यवाद छ’, लामिछानले प्रचण्डलाई भेटका क्रममा भने, ‘मैले सडकबाट के-के सहयोग गर्न सकिन्छ, सबै सहयोग गर्छु । हामी अब भ्रष्टाचारीविरुद्ध सडकमा उत्रिन्छौँ ।’  विभिन्न कारणले पार्टी सरकारमा सहभागी हुन नसकेपछि सरकारको राम्रो कामलाई पार्टीले सहयोग गर्ने रविको भनाइ थियो ।  

 सो अवसरमा प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने सवालमा रविको सहयोगको अपेक्षा गरेका थिए । ‘सकभर त सरकारमा सहभागी भइदिएको भए झन् राम्रो हुन्थ्यो । त्यो हुन नसकेपनि तपाइँहरुले साथ जरुरी छ’, प्रचण्डको भनाइ उदृत गर्दै रास्वपाका एक नेताले भने, ‘म भ्रष्टाचारविरुद्ध र सुशासनको सवालमा निर्मम भएर उभिन्छु ।’
 

शुक्रबार​ २९ बैशाख २०८० ११:१६ AM मा प्रकाशित

प्रतिक्रिया