बदलिँदो बर्तमान विश्वमा आफ्नो प्रभाव विस्तारका लागि सांस्कृतिक कुटनीतिलाइ पनि प्रयोगमा ल्याउने गरिन्छ ।नेपालमा रहेका धार्मिक सांस्कृतिक स्थल र तिर्थहरु पनि प्रभावकारी सांस्कृतिक कुटनीतिका आधार भएकोले समुचित उपयोग गरि मुलुकलाई गौरान्वित बनाउन अगाडि बढ्न पर्छ। त्यसको एक प्रमुखस्थलका रुपमा पैनाचल हनुलिंगेश्वर तिर्थ पनि एक हो।
ललितपुर जिल्ला ,महालक्ष्मी नगरपालिका वडा नं ३ स्थित यो तिर्थ राम भक्त हनुमानले हनुमान नाउँ पाएको एतिहासिक स्थल भएको तथ्य हिमवतखण्ड स्थित नेपाल महात्म्यले पनि वताएको पाइन्छ ।
भगवान सूर्यलाइ निल्न भनेर उडेर सूर्य संग चिउडो ठोक्किएर पृथ्वी मा पछारिदा यश स्थलमा आइपुगेको थाहा हुन्छ।यहाँ पुगे पछि यहाँ तपस्या गरेर बसेका नारद लगायतका ऋषि हरुको सुझाव अनुरुप हनुमानले शिवलिंग स्थापना गरेकोले यश स्थानको नाउँ हनुलिंगेश्वर मन्दिर रहेको बुझिन्छ । जन्मस्थल किष्किन्ध्याबाट उडेर सुर्य नजिक पुगी नेपाल स्थित यहाँ झरेको हुदा नेपाल र भारत दुवैका लागि पुजनीय स्थल बन्न गई सांस्कृतिक कुटनीति मार्फत सम्पुर्ण भारतमा सम्मान पाउने स्थान बन्न गएको छ।
सम्पुर्ण हिन्दुधर्माबलम्बिहरुको आस्थाको स्थल भएकोले मुलुकले पनि सम्मान पाउने हुदा सांस्कृतिक प्रभावलाई बुझ्न पनि सहज बन्दछ।स्यानो मुलुक भएकोले कम महत्त्व पाउन सक्ने अबस्थालाइ चिर्दै उच्च सम्मान पाउने स्थितिमा पुर्याउने पैनाचल हनुलिंगेश्वर मन्दिरलाई तिर्थको रुपमा बिकास गर्न सरकारले पहल गर्नुपर्नेछ ।
यस्तो महत्त्वपूर्ण स्थलमा आज चैत्र शुक्ल पुर्णिामा का दिन हनुमान जयन्तीको आयोजना गरि यस्को महत्त्वलाई उजागर गर्ने प्रयास गरियो । यश स्थलका बिषयमा लेख मार्फत प्रकाश पार्दै आउनु भएका केशवप्रसाद चौलागाईं को प्रेरणा तथा मुरारी केसी ,अर्जुन बहादुर खड्का तथा पण्डित बासुदेव गौतमको सहयोगमा बिधिपुर्वक पुजा सम्पन्न भयो ।
राजेन्द्र चौधरी ( पुर्व प्रहरी डि आइ जी) शिव प्रसाद घिमिरे ,साहित्यकार महेश प्रसाईं तथा छाया प्रसाईं,प्रकाशिका रेणुका खरेल,समाजसेवी बिश्वनाथ न्यौपाने,मानवअधिकारवादी कुलराज घिमिरे लगायतका भक्त समुदायको उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया