×

देउवाले टुङ्ग्याए मन्त्रीहरुको नाम, भोलि मन्त्रिपरिषद् विस्तार

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । गत चैत्र १७ गते मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री प्रचण्डले कांग्रेसले मन्त्रीहरुको नाम नपठाउँदा मन्त्रिमण्डललाई पूर्णता दिन पाएका थिएनन् ।

कांग्रेसभित्रको आन्तरिक विवादका कारण उक्त समयमा ४ जना मन्त्रीको नाम पठाइएको थियो । कांग्रेसले आठ मन्त्रालय पाउने सहमति बनेको छ ।

कांग्रेस संस्थापनइत्तर समूह (गगन–शेखर समूह) ले कम्तिमा पनि तीन मन्त्रालयको दाबी गरेसँगै मन्त्रीको नाम पठाउन देउवालाई सकस भएको थियो ।

मन्त्रीको लिष्टमा संस्थापनइत्तर समूहबाट उपसभापति धनराज गुरुङ, डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य रहेका छन् भने संस्थापन समूहबाट एनपी साउद र मोहन बस्नेतको नाम मन्त्रीका लागि सिफारिस भएको छ ।

बुधबार २९ चैत २०७९ ०७:१७ PM मा प्रकाशित

प्रतिक्रिया