×

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने की नदिने भन्ने बारेमा आजपाले पदाधिकारी बैठकबाट निर्णय गर्ने

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने की नदिने भन्ने बारेमा निर्णय गर्न आम जनता पार्टी (आजपा)को पदाधिकारी बैठक भोली बुधबार विहान बस्दैछ । काठमाडौं स्थित पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बोलाइएको आजपाका स्थायी कमिटी सदस्य बालकृष्ण सापकोटाले बताए ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले बुधबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । आजपाले विश्वासको मत दिने की नदिने भन्ने बारेमा पदाधिकारी बैठकबाट निर्णय गर्दैछ । आजपा अध्यक्ष एवं सांसद प्रभु साहले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने की नदिने भन्ने बारेमा पार्टीका नेताहरुसंग आन्तरिक छलफलमै रहेका छन् ।

पछिल्लो समय आजपाले उठाउँदै आएको मागको बारेमा सरकारको धारणा के छ भन्ने बारेमा स्पष्ट हुनुपर्ने आवाज समेत पार्टीमा उठदै आएको छ ।

 

 

मङ्गलबार २९ फागुन २०८० ०३:२० PM मा प्रकाशित

प्रतिक्रिया