×

भ्रष्टाचार, दलाल, विचौलियाको पक्षपोष्ण गर्ने कांग्रेस र एमालेको विरुद्धमा सदन र सडकबाटै खबरदारी गरिरहेको छौ-प्रचण्ड

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सुशासनको पक्षमा कदम चाल्दा र भ्रष्टाचारको विरुद्धमा अभियान चलाएको कारण आफू नेतृत्वको सरकार विस्थापित गरिएको दाबी गरेका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई आज बुटवलमा सम्बोधन गर्दै उनले यस्तोब ताएका हुन् ।

उनले भने,‘हामीले चालेको भ्रष्टाचारविरुद्धको अभियान दलाललाई मन परेको थिएन । हामीले चलाएको आर्थिक सुधारको अभियान नोकरशाहहरुलाई मन परेको थिएन । लोकतन्त्रको मर्मविपरित अपारदर्शी र जालझेल गरेर अहिलेको सरकार बनेको हो । मेरो नेतृत्वको सरकारलाई जनताले अपार विश्वास गरेको बेलामा हाम्रो सरकारलाइृ बाहिर हटाउने दुस्साहस गरियो । मैले अन्तिमपटक विश्वासको मत लिँदै गर्दा सबै समूदाय, वर्गको हकहितको लागि विषय राख्दै गर्दा संख्याको बलमा हामीलाई बाहिर लगेका छौं, हामी भ्रष्टाचारी सरकारविरुद्ध धावा बोल्नेछौं भनेको थिएँ । आज हामीले अभियान सुरु गरेका छौं । तराई, मधेशका जनतासँग लाखौं लाखौं जनता माओवादीमात्रै माओवादी मित्र हो भन्ने चेतना आएको छ ।’

उनले पछिल्लो समय माओवादीबाट पनि केही गल्ती तथा कमजोरी भएको भन्दै त्यो गल्ती सच्याउँदै जनताको बीचमा माओवादी नेतृत्व पुग्न थालेको सुनाए । उनले भने,‘हामीले केही कमी गर्यौं । आफ्नो वर्गसँग दरो बनाउनुपर्नै, यो बीचमा दरो नरहेको कुरा केन्द्रीय कमिटीमा सच्याउने प्रण गर्यौं । अलि अलि रोग कांग्रेस र एमालेको हामीलाई पनि सर्यो । उपचारको लागि त जनतामाँझकहाँ जानुपर्छ, जनतासँग माफी मागेपछि उपचार हुन्छ भनेर उपचारको निम्ति जनताको घर घरमा आएका छौं । हिजो जनयुद्धजस्तै जनताको घरमा छौं । जनतासँग एकाकार गर्दैछौं ।’

उनले भ्रष्टाचार, दलाल, विचौलियाको पक्षपोष्ण गर्ने कांग्रेस र एमालेको विरुद्धमा सदन र सडकबाटै खबरदारी गरिरहेको पनि सुनाए उनले भने,‘कांग्रेस र एमालेको दलाल र नोकरपक्षीय चरित्रको भण्डाफोर गर्र्दै हिँडेका छौं । माओवादीले आफ्नो आत्मसमिक्षा गर्दै हिँडेको छ । हामी जनतासँग माओवादी कार्यक्रम लिएर नयाँ शक्ति सञ्चय गर्दै हिँडेका थियौं ।

झापाबाट रौतहटसम्म नआउँदै काठमाडौंमा यो सरकारको गलत क्रियाकलाप, भ्रष्टाचारीलाई चोख्याउनेपर्ने, दलाली गर्नेलाई बचाउनैपर्ने, राम्रोभन्दा राम्रोलाई कारबाही गर्ने हर्कत गर्यो, त्यसको कुलमान एउटै उदाहरण पर्याप्त छ । कुलमानलाई सताउने, अन्य नियुक्ती गर्दा पनि आफ्नो छन् भने फेल भएकालाई पास गरियो । त्यसको भण्डाफोर गरिएको छ ।’ उनले सरकारकै कारण काठमाडौंमा राजावादीहरुले प्रदर्शन गरेको र त्यसको पनि माओवादीकै नेतृत्वमा काउन्टर दिन आफू अभियान रोकेर काठमाडौं पुगेको सुनाए ।

बुधबार २८ फागुन २०८१ ०९:३४ PM मा प्रकाशित

प्रतिक्रिया