×

बाँके र बर्दियामा दुई भारतीय लुटेरालाई पेस्तोलसहित पक्राउ

images

जानकी गाउँपालिका–५, बुढियागाउँबाट भारत रुपैडिहा निबियाका २६ वर्षीय डम्बु मनिहार र बाबागञ्ज बाबाकुटीका २८ वर्षीया निजामुद्दिन कवडियालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनीहरूले बर्दिया बढैयातालका पर्शुराम सार्कीको घरबाट पुस २९ मा ३ लाख ३५ हजार नगद र सुन लुटेका थिए । त्यस्तै माघ १७ गते बाँके खजुरा डी गाउँका हरिप्रकाश विकको घरबाट ५० हजार नगद र  मोटरसाइकल लुटेको प्रहरीले जनाएको छ । सो मोटरसाइकल भोलिपल्ट (माघ १८) साँझ बर्दियाको बढैयातालनजिकको पोखरीमा फेला परेको थियो । 

पक्राउ परेको उनीहरूमाथि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

 

शनिबार २९ माघ २०७८ ०२:२० PM मा प्रकाशित

प्रतिक्रिया