×

अधिकांश बैंकहरूले घटाए ब्याजदर

images

काठमाडौं ।  वाणिज्य बैंकले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । १८ वाणिज्य बैंकले प्रकाशित गरेको सूचनाअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरुको औसत ब्याजदर ०.३९ प्रतिशत विन्दुले घटेको छ । माघ महिनामा ८.११ प्रतिशत विन्दु रहेको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुको औसत ब्याजदर, फागुनमा घटेर ७.७१ प्रतिशत विन्दुमा सीमित भएको छ ।

त्यसैगरी, संस्थागत मुद्दती निक्षेपमा पनि बैंकहरुको औसत ब्याजदर ०.३८६५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनाका लागि सर्वाधिक ब्याजदर कृषि विकास बैंकले घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतीमा ७.२६ प्रतिशत ब्याज दिएको बैंकले फागुनमा भने अधिकतम ६.४४३ प्रतिशत ब्याज दिने भएको छ ।

साथै, व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.८१ प्रतिशत विन्दुले घटाएको पनि बैंकले जनाएको छ । फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

सोमबार २९ माघ २०८० ११:१२ AM मा प्रकाशित

प्रतिक्रिया