×

एनसेलले घटायो कल महसुल, अन्य नेटवर्कमा पनि समान

images

एनसेल आजियाटा लिमिटेडले आफ्नोसहित नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक प्रतिमिनेट रु १.९९ बाट घटाई  १.६२ कायम गरेको छ।

प्रिपेड ग्राहकहरूका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दरअन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ। 

यो परिमार्जित नयाँ महसुल दर यही माघ २८ देखि लागू गरिएको र २०७९ साउन २४ गतेसम्म जारी रहने एनसेलले जनाएकाे छ।

नयाँ महसुल दरबाट लाभ लिन एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी सेवा निःशुल्क सञ्चालन गर्न सकिनेछ। 

 

शनिबार २९ माघ २०७८ ०२:४४ PM मा प्रकाशित

प्रतिक्रिया