×

भिरबाट लडेर युवतीको मृत्यु

images

डोटी । डोटीमा २१ वर्षीया युवतीको भिरबाट लडेर मृत्यु भएको छ। घास काट्न जाने क्रममा भिरबाट लडेर शिखर नगरपालिका–१ की २१ वर्षीया अमिशा शाहीको मृत्यु भएको हो।

बुधबार दिउँसो घर नजिकै घाँस काट्न जाने क्रममा भिरबाट लडेर मृत्यु भएको उनको साथी नबराज भट्टले जानकारी दिए।

मृतक अमिशा कैलालीस्थित एश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन्। जाडो बिदामा उनी डोटी घर गएकी थिइन् ।

बिहीबार २८ पुस २०७९ ०८:४१ AM मा प्रकाशित

प्रतिक्रिया