×

सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश, विदेश जान रोक (पूर्णपाठ)

images

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेशमा विभिन्न शर्त राखिएको र शर्त उल्लंघन गरेमा पुन पक्राउ गर्न सकिने विषय उल्लेख गरिएको छ । २० पृष्ठ लामो आदेशमा शर्तसहितको धरौटी खोलिएको छ । 

 

बिहीबार २८ पुस २०७९ ०९:४८ PM मा प्रकाशित

प्रतिक्रिया