सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश, उपत्यका छाड्न अनुमति लिनुपर्ने

    images

    काठमाडौ । उच्च अदालत पाटनले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    उनी धरौटीमा रिहा भएपनि विदेश जान नपाउने आदेश भएको छ । अदालतको यो आदेशसँगै उनी भोलि रिहा हुने भएका छन् । 

    तर, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ ।

    अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेछ । मुलुकबाहिर जान चाहिँ प्रतिबन्ध लगाइएको छ ।

    उच्च अदालत पाटन स्रोतका अनुसार उनको गतिविधिलाई प्रहरीले निगरानी गरिरहने पनि भनिएको छ ।

    लामिछानेले पीडित परिवारसँग पनि कुनै सूत्रमार्फत सम्पर्क गर्न नपाउने भनिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले यो आदेश दिएको हो ।

    बिहीबार २८ पुस २०७९ ०९:१४ PM मा प्रकाशित

    प्रतिक्रिया