×

ओलीलाई हर्क साम्पाङको जवाफ- कठै बरा... गफाडी! राष्ट्र के हो भन्नेसम्म नबुझ्ने अनपढले राष्ट्रिय बजेटको कुरा गर्ने?’

images

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति टिप्पणी गरेका छन्। स्वतन्त्र रूपमा धरानको प्रमुख पदमा विजयी बनेका साम्पाङले एमाले अध्यक्ष ओलीलाई ‘हाउडी र गोज्याङ्ग्रा’को आरोप लगाएका हुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले धरानमा शुक्रवार आयोजित चुनावी सभामा हर्क साम्पाङलाई धरानले जिताउने बेलामा आँखा नदेखेको भन्दै व्यंग्य गरेका थिए ।

उनले भनेका थिए, ‘यहाँका मेयरलाई खानेपानी भनेर कतिवटा घैला बोकुन विचरा ? कसको घरमा खानेपानी पु¥याउने ?’ ओलीले सभामा भनेका थिए, ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस् ।’ ओलीले नगरको बजेटले नपुग्ने भन्दै धरानको खानेपानीका लागि राष्ट्रिय बजेट चाहिने भन्दै साम्पाङप्रति कटाक्ष पनि गरेका थिए । ‘नगरको बजेटले त्यो आयोजना हुन्छ त ? हुँदैन । तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन,’ ओलीले भने, ‘त्यत्रो कोसी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ ? ।

यही भनाइलाई लक्षित गर्दै हर्कले ओलीमाथि व्यंग्य कसेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘उभिएर भाषणसम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ! कठै बरा... गफाडी! उसको घरको उसको व्यक्तिगत कमाइजस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्नेसम्म नबुझ्ने अनपढले राष्ट्रिय बजेटको कुरा गर्ने?’

‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शेयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ’, उनले लेखेका छन्, ‘म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले ।’

शुक्रबार​ २५ कात्तिक २०७९ ०८:०० PM मा प्रकाशित

प्रतिक्रिया