कालीकोट —कालीकोटमा क्षमताभन्दा तेब्बर बढी यात्रु बोकेको बोलेरो आइतबार दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमै र एकको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । १३ जना घाइते छन् ।
जिप दुर्घटनामा परेका ५ जना घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
१९ जना सवार क१ज ५६ नम्बरको बोलेरो जीप आइतबार दिउँसो कालिकोटको पलाँता गाउँपालिका–३ राडुमा दुर्घटना भएको थियो ।
प्रतिक्रिया