×

नेमस शाखा, युएईले बलिहाङ पर्व मनाउने

images

फलेन्द्र मगर / युएई संवाददाता

युएई- देउसी-भैलो भन्नेबित्तिकै नेपाली समाजमा बिशेश पर्वको रूपमा मनाइने महान पर्वको रूपमा लिइन्छ । प्राचीन कालदेखि मनाउदै आएको यो पर्व कार्तिक महिनाको औंसी शुक्ल प्रतिप्रदा मा पर्ने यमपञ्चक को समयावधि भरी घर आँगन गोठ चारैतिर सरसफाइ गरेर    झिलिमिली दीप प्रज्वलन गरि  विभिन्न पशु पन्छी र मानव जातिको पूजाआजा गरेर मनाइने यो पर्वमा पहिलो दिन काग को पूजा , दोस्रो दिन कुकुर पूजा , तेस्रो दिन गाई पूजा साथै धनवन्तरी लक्ष्मी पूजा , चौथो दिन गोरु गोबर्धन पूजा र यमपञ्चक को पाचौं दिन भाई टीका लगाएर दिदिबहिनी ले दाजुभाइ को दीर्घायु र सु स्वास्थ्य को कामना गरि मनाइन्छ । 

यमपञ्चक को तेस्रो दिन गाई पूजा र साँझपख शुद्ध गाईको घ्यू मा दियो बालेर दीपावली गरि  धनबन्तरी लक्ष्मी पुजा गर्ने प्रचलन चलिआएको छ र त्यहीँ साँझ विभिन्न समुह बनाएर महिला दिदिबहिनी हरु ले भैलो खेल्ने चलन पनि प्रचलित छ भने यमपञ्चक को पाचौं दिन दिदिबहिनी ले भाई टीका लाई दिएर दाजुभाइ को दीर्घायु सु स्वास्थ्यको कामना गर्दछन। यो दिन दाजुभाइ हरु मिलेर समुहगत रूपमा मिलि देउसी खेली नाचगान गरेर रमाइलो का साथ भाई टीका मनाइने चलनचल्तीमा छ। 

इतिहास र किंवदन्ती अनुसार बाइसे र चौबिसे राज्य रजौटा हरु को पालामा मध्य पश्चिम तिर का राज्यका राजा बलि महाराज अत्यन्तै दुरदर्शी , पराक्रमी र प्रतापी राजा थिए । उनले आफ्नो मृत्युको समेत दिन थाहा पाएपछि। त्यस मृत्यु लाई रोक्ने उपायबारे समेत थाहा पाई आफ्ना मन्त्री हरु लाई बोलाई हरेक प्रजाको घर घरमा गई दियो देउसी र भैलो खेलेर राजाको आयुको बरदान मागेमा त्रीकाल दर्शी यमराज खुशी भई बलि राजा लाई मोक्ष दिएको भन्ने भनाइ ले यो देउसी भैलो खेलेर रमाइलो का साथ मनाउदै आएको परम्परा रहिआएको पाइन्छ । 

विशेष इतिहास बोकेको यो परम्परागत ऐतिहासिक पर्व लाई कायम राख्दै । परदेश मा रहेर पनि आफ्नो ऐतिहासिक परम्परा बोकेको चाडपर्व लाई मगर समुदायले पनि बिशेष रूपमा बलिहाङ पर्वको रूपमा मान्ने गर्दछ । यसै सन्दर्भमा नेपाल मगर संघ शाखा, युएईले पनि यहीँ आउदो अक्टोबर ३० तारिख का दिन एभरेस्ट क्लब वर दुबईमा दिनको १:०० बजे बलि हाङ पर्व लाई नाचगान र देउसी भैलो कार्यक्रम गरि मनाउने तिव्र तयारीमा जुटेको कुरा कार्यक्रम संयोजक संदिप राना मगरले जानकारी दिनुभयो ।

मङ्गलबार २५ असोज २०७९ ०७:३२ PM मा प्रकाशित

प्रतिक्रिया