काठमाडौँ । क्रिस्टल प्यालेसले कम्युनिटी शिल्डको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रिस्टल प्यालेसले उपाधि जितेको हो ।
निर्धारित समयमा २-२ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुट आउटमा क्रिस्टल प्यालेसले ३-२ ले जितेको थियो ।
कम्युनिटी शिल्ड अघिल्लो सिजनमा प्रिमियर लिग विजेता र एफए कप विजेताबीच हरेक बर्ष प्रिमियर लिग शुरु हुनु अघि खेल्ने गरिन्छ ।
क्रिस्टल प्यालेसले आफ्नो क्लबको इतिहासमा पहिलो पटक कम्युनिटी शिल्ड जितेको हो ।
अहिलेसम्म कम्युनिटी शिल्ड सबैभन्दा बढी जित्ने क्लब म्यानचेस्टर युनाइटेड हो । म्यानचेस्टर युनाइटेडले २१ पटक जितेको छ भने आर्सनलले १७ र लिभरपुलले १६ पटक जितेको छ ।
प्रतिक्रिया