×

राजस्वले तलबभत्ता खुवाउनै मुस्किल

images

काठमाडौं । सरकारले आर्थिक वर्ष सकिने बेलामा एकै दिन ४१ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको अन्तिम भुक्तानी गर्ने दिन आइतबारमात्रै ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ भुक्तानी दिएको थियो ।

महालेखाले आइतबार राति १२ बजेपछि सरकारको सबै भुक्तानी रोकेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिनअगावै सरकारले भुक्तानी रोक्नुपर्ने हुन्छ ।

आइतबारसम्म कुल बजेट ७६ दशमलव ६४ प्रतिशत मात्रै खर्च भएको छ । जेठ मसान्तसम्म कुल ११ खर्ब ७३ अर्ब ५ करोड ५० लाख रुपैयाँ अर्थात् विनियोजित बजेटको ६५ दशमलव ४१ प्रतिशत मात्रै खर्च भएकोमा असार २४ गते १३ खर्ब ७४ अर्ब ५७ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ ।

जबकि अघिल्लो दिनसम्म १३ खर्ब ३३ अर्ब ७ करोड ४२ लाख रुपैयाँ खर्च भएको थियो । सरकारले अघिल्लो दिनमा चालू ९ खर्ब ८३ अर्ब ३८ करोड १२ लाख रुपयाँ खर्च गरेकोमा आइतबार १० खर्ब १ अर्ब ८२ करोड ४४ लाख रुपैयाँ पु¥याएको छ । एक दिनमा चालू खर्चतर्फ १८ अर्ब ४४ करोड रुपियाँ खर्च गरेको छ ।

त्यस्तै, पुँजीगत खर्चतर्फ अघिल्लो दिनसम्म १ खर्ब ९० अर्ब ४ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको सरकारले आइतबार २ खर्ब १० अर्ब ४ करोड ५७ लाख रुपैयाँ खर्च पु¥याएको छ । जसमा एकै दिन १९ अर्ब ९९ करोड रुपैयाँको भुक्तानी गरेको देखिन्छ । त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ६२ अर्ब ८८ करोड ८० लाख रुपैयाँ गरेको छ । सरकारले एकै दिन ३२ करोड रुपैयाँको वित्तीय व्यवस्थापन गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट

मङ्गलबार २६ असार २०८० ०८:१३ AM मा प्रकाशित

प्रतिक्रिया