×

कोभिडबाट बचाएको अर्थतन्त्र हाम्रै कारण अप्ठ्यारोमा : गोल्छा

images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भिड–१९बाट जोगाउन सकेको अर्थतन्त्रलाई आफ्नै कमजोरीले अप्ठ्यारोमा परेको बताएका छन् ।

महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘कोभिडबाट बचाएको अर्थतन्त्र हाम्रै कारण अप्ठ्यारोमा परेको बताएका हुन् ।

उनले अर्थतन्त्रको निराशा लामो समय नरहने बताउँदै अहिलेको समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न पनि उनले सुझाव दिए । उद्योग धन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबैलाई अप्ठ्यारो पर्ने भन्दै उनले सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह गरे ।

मङ्गलबार २८ चैत २०७९ ०३:५९ PM मा प्रकाशित

प्रतिक्रिया