×

राष्ट्रपति र ओलीको स्वास्थ्य सन्देश लिएर पूर्वमन्त्री श्रेष्ठ संस्कृतिविद् जोशी भेट्न किष्ट अस्पतालमा

images

ललितपुर। राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन्। राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीले पूर्वमन्त्री एवं एमाले नेता कृष्णगोपाल श्रेष्ठमार्फत जोशीको स्वास्थ्य लाभको कामनासहित सन्देश पठाएका हुन्।  

जोशीलाई भेट्न पुर्वमन्त्री श्रेष्ठ बिहान किष्ट अस्पताल पुगेका थिए। जोशीसंग भेटको क्रममा उनले  सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। उनले  भने–‘राष्ट्रपति ज्यू र पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्षले संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र मेरोे तर्फबाटसमेत उनको अवस्थाबारे यथार्थ जानकारी लिन अस्पताल आएको हुँ।’ फोक्सोमा पानी जमेको कारण केही समस्या देखिएको र अस्पतालको वरिष्ठ चिकित्सकको टीमले फोक्सोबाट पानी निकालिसकेको कारण अब स्वाथ्यमा समस्या नदेखिएको उनको भनाई थियो । 

शुक्रबार​ २८ माघ २०७८ १२:४० PM मा प्रकाशित

प्रतिक्रिया