×

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज कुमार यादव

images

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 यादवले ६३ सांसदको समर्थन सहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । निवर्तमान सभामुखसमेत रहेका यादव बारा क्षेत्र नं. १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।


यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।

बुधबार २७ पुस २०७९ ०१:११ PM मा प्रकाशित

प्रतिक्रिया