काठमाडौँ । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका नेताहरुलाई आज 'घर फर्किने' कार्यक्रम गरेर भित्र्याउदैछ । आज दिउँसो २:३० बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर एमालेले एकीकृत समाजवादीका नेताहरुलाई फर्काउन लागेको हो ।
एकीकृत समाजवादी माओवादी केन्द्रसँग मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि यसका नेताहरु छिन्न्न भिन्न भएका छन् । रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताहरु आज एमालेमा फर्किदैछन् । त्यस्तै महासचिव घनश्याम भुसालसहितका नेताहरुले भने नयाँ दल दर्ता गरेका छन् ।
प्रतिक्रिया