नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा ठूलो उछाल आएको छ। अघिल्लो दिन (बुधबार) तोलामा ३,००० रूपैयाँले घटेको सुनको भाउ आज (बिहीबार) एकैदिन तोलामा ३,४०० रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको कारोबार प्रतितोला ३ लाख ५ हजार ८ सय रूपैयाँमा भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रूपैयाँमा किनबेच भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि दर्ज भएको छ। अघिल्लो दिन प्रतितोला ४,७५० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १०५ रूपैयाँले बढेर प्रतितोला ४,८५५ रूपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४,४१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया